
भक्तपूर । सर्वदा साहित्य सङ्गम, नेपालगन्जले “डा.कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार २०८१”बाट पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई सम्मानित गरेको छ।
उनकै निवासमा कार्यक्रमआयोजना गरि उक्त सम्मान प्रदान गरिएको हो । नेपाली भाषा, साहित्य र समाजको उत्थानमा उनको निरन्तर योगदानलाई कदर गर्दै यसपटक डा. कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार प्रदान गरिएको जनाइएको छ ।
नेपाली भाषा साहित्यमा उनका १३ वटा कृतिहरु प्रकाशित भैसकेका छन् ।





