
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ ।
बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको स्रोतले बतायो ।
उक्त सिफारिस उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा गरेको हो ।




