
काठमाडौं ।नेपाली कांग्रेसले फेरि पनि आफ्नो अडान राख्दै चीनको बीआरआई परियोजना अन्तर्गत ऋण लिन नसकिने निष्कर्षमा पुगेको छ ।
सो पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ)परियोजना अन्तर्गत ऋण सहायता लिन नहुने आफ्नो पार्टीको अडान रहेको बताए।
वक्ता महतले चीनसँग सो परियोजनामा आफू परराष्ट्रमन्त्री हुँदा सम्झौता भएको स्मरण गराउँदै त्यसमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरु भएकाले त्यसलाई अनुदानको रुपमा अघि बढाउन उपयुक्त हुने सुझाव आफूहरुको रहेको स्पष्ट पारे ।
शुक्रबार संसद परिषदमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा महतले उक्त कुरा बताएका हुन् ।


