रवि लामिछानेसँग आज पनि बयान लिइने
भैरहवा । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ ।
मंगलबार रुपन्देही लगिएका रविसँग हिजोबाटै बयान लिन थालिएको थियो ।
टवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा रविलाई मंगलबार बुटवल लगिएको थियो । पोखरा प्रहरीको हिरासतमा रहेका उनलाई बुटवल पुर्याइएको थियो ।
बयान सकिएपछि उनलाई पोखरा नै फिर्ता पठाइने रुपन्देही प्रहरीले जनाएको छ ।



