
काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ ।
कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा नेपालले पराकिलो जित हात पारेको हो । २१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतलाई नेपालले ४८ रनमै रनमा अलआउट गर्यो ।
नेपालकी कप्तान पूजा महतो ६९ बलमा १७ चौका मद्दतमा १३० र सोनी पाख्रिनले दुई चौकासहित ४३ रनमा अविजित रहे । उनीहरूले तेस्रो विकेटका लागि १५७ रनको साझेदारी गरे । उनी नेपालका लागि एकै खेलमा पाँच विकेट लिने र शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बन्न सफल भइन्।उनी नेपालको महिला टोलीका लागि अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो ब्याटर बनिन्।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेत ४८ रनमा आउट भयो। जससँगै नेपालले १६५ रनको जित निकाल्यो।
कुवेतका लागि जिफा जिलानीले ३६ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा पनि कप्तान पूजाले पाँच विकेट लिइन्। उनले ४ ओभरमा एक मेडन फ्याँक्दा ८ रन मात्र दिइन्। रचना चौधरी र सीमा केसीले २/२ विकेट लिए।
सावित्रि धामी ११ र सान प्रविनले ६ रन जोडे ।
हिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाएर २१३ रनको विशाल योगफल बनाएको थियो ।
नेपाललाई विश्वकपमा स्थान पक्का गर्न आजको खेल जितेसँगै बुधबार हुने खेलमा युएई पराजित गर्नु पर्ने दबाब छ।




