
काठमाडौं । थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान आज आइतबारबाट सुरु गरेको छ।
थाइले बैंककबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानसस्थलमा उडान गरेको हो। यससँगै अब थाइले भैरहवाबाट साताको २ दिन सोमबार र विहीबार उडान गर्नेछ।
२३ मंसिरमा अर्को उडान हुने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।
उनका अनुसार आज बिहान ७ बजे विमानस्थलमा जहाज अवतरण गरेको थियो। लगत्तै बिहान ७स्४० बजे बैंकक प्रस्थान गरीसकेको उनले बताए।
भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको बताइएको छ ।





