
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमीवायुको आंशिकतथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाकाअनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारण तया बदली रही बाँकी भूभागमाआंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
आज राति देशका पहाडी भूभागमाआंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।








