काठमाडौं। कीर्तिपुर वडा नम्बर २ स्थित मैत्री नगरमा नेकपा (एमाले)केन्द्रीय कार्यालयको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरे ।
लंकीको ढुंगेअड्डाबाट केही पर मैत्री नगरमा ११ रोपनी बढी जग्गा खरिद गरेर भवनको शिलान्यास गर्न लागिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।उनले भने “एक वर्षपछि आजकै दिन (महानवमी) मा भवन उद्घाटन गरेर सर्ने तयारी गरेका छौं ।”
केन्द्रीय कार्यालय बनाउन एमालेले अहिले सदस्यहरूबाट १०० रुपैयाँ उठाउँदै आएको छ।
सदस्यता नवीकरण र विस्तारका क्रममा प्रत्येक सदस्यबाट न्यूनतम १०० रूपैयाँ संकलन गर्ने कामलाई यथाशीघ्र कार्यान्वयन गर्न पनि एमालेले तहगत कमिटीलाई निर्देशनसमेत दिएको छ।