
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय दसैंमा पनि खुल्ने भएको छ।
आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दसैं बिदामा पनि कार्यालय बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने जानकारी दिएको हो।
आयोगले आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी कार्यालय खुला गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताए।
आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू खुला हुनेछ।
मानव अधिकार उल्लंघन र ज्यादतिका घटनाहरूमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन गर्ने पनि आयोगले जनाएको छ ।






