
काठमाडौ । नेपाली सेनाले धादिङ र गोरखा जिल्लालाई जोड्ने आरुघाटस्थित बेलीब्रिज जडान गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
बूढीगण्डकी नदीमा आएको बाढीले पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि नेपाली सेनाले बेलीब्रिज जडान गरेको हो।
सेनाले असोज ३१ गतेदेखि जडान कार्य सुरु गरी कात्तिक १ गते सम्पन्न गरेको थियो। सोमबार उक्त पुल गोरखा सडक आयोजनालाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ।
९० फिट (२७.४३ मिटर) लम्बाइ र १३.७८ फिट (४.२ मिटर) चौडाइको बेलीब्रिज जडान भएपछि धादिङ र गोरखाका आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने विश्वास सेनाले लिएको छ।


