
काठमाडौं ।नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना बुधबार बिहान १० बजेदेखि सुरू हुने भएको छ।
पार्टी प्रवक्ता कृष्ण शर्माका अनुसार मंगलबार राति अबेरसम्म मतदान भएको थियो। मतदान राति सकिएकाले मतगणना बिहान १० बजेदेखि गर्न लागिएको उनले बताए।
नेसपाले जारी महाधिवेशनबाट ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कमिटीको टुंगो लगाउन निर्वाचन गरेको थियो।
त्ययसमध्ये महिला क्लस्टरबाट मानुषी यमी भट्टराई र दलित क्लस्टरबाट दुर्गा सोब निर्वोरोध उपाध्यक्ष चयन भएका छन्।
यसका साथै झण्डै दुई दर्जन केन्द्रिय सदस्य निर्विरोध भएको बताइएको छ ।




