
काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, देशमा हाल कुनै मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेकाले वर्षा र हिमपातको गतिविधि खासै छैन । अबका तीन दिन पनि यस्तै हुने सम्भावना छ ।
दसैँ टीकाका दिन ९कात्तिक ४०सम्म समग्रमा देशभरको मौसम घमाइलो हुने पूर्वानुमान रहेको महाशाखाका मौसमविद् सिर्जना गिरीले जानकारी दिइन् ।
महाशाखाका अनुसार, दसैँ टीकाको अघिल्लो दिन मंगलबार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग साथै देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राति, कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली र पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार तराई भू–भागमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ । गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

