
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार लिभरपुलविरुद्ध ३–० को सहज जित निकालेको छ ।
एनफिल्डमा पाहुना टोली सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड, जेरिमी डोकु र रायन चेरकीले एक–एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२औँ मिनेटमा मिडफिल्डर रायन ग्राभेनबर्चले दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदान छाडेपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।
लिभपुलको एक खेलाडी कम हुँदाको फाइदा सिटीले लिँदै १३ मिनेटभित्र तीन गोल गरेको थियो ।
हालान्डले ६५औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै डोकुले टोलीको अग्रता दोब्बर बनाए ।
चेरकीले ७८औँ मिनेटमा सिटीका लागि तेस्रो गोल गरे ।
लगातार छैटौँ जितसँगै ६ खेलबाट १८ अंक जोडेको सिटी शीर्षस्थानमा कायम छ । पराजित लिभरपुल समान खेलबाट ९ अंकका साथ नवौँ स्थानमा छ ।
आइतबारै सम्पन्न अन्य खेलमा क्रिस्टल प्यालेसले नटिङघम फरेस्टलाई ३–१ ले हराउँदा हल सिटी र एभरटनले २–२ को बराबरी खेले ।

