rain
काठमाडौँ। हाल देशमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।
देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भूभाग तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।
तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग साथै लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
विभागका अनुसार राति हिमाली भूभागमा आंशिक बादल लाग्ने बताएको छ । पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।


