
गजल
जुमन किरण
रातको जून अनि बाँसुरीको धुन हुँ
खारीन बाँकी म त्यो नम्बरी सुन हुँ
कहाँ नियमले रोकेर रोकिन्छ यो
पञ्चमहाभूत सृष्टिको कानुन हुँ
ए !किरा ठान्नेहरू हो हेरिराख है
अवश्य चम्किन्छु कहाँ चानचुन हुँ
मभित्रै छ राम पनि रावण पनि
गुनीको गुन बैगुनीको बैगुन हुँ
वश ! श्रीकृष्ण सारथी नभेटेको मात्र हो
राम्ररी हेर्नुस् त म पनि अर्जुन हुँ

