
मुक्तकहरु
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
१.
घुम्दै फिर्दै नेपालीको आँगनमा आयो दशैं
दुस्ख पिडा अनेकौं बोकी मनमा आयो दशैं
देश,पुरै रोएको छ प्रकृतिको चपेटामा परी
तैपनि यस्तो बिलख बन्धनमा आयो दशैं।
२.
तनमा र मनमा कालो बादलले छायो।
पाकेको बाली जति सबै असिनाले खायो
जहिल्यै बाली भित्र्याउने बेलामा पिडा
आखिर किसानले आँसु उपहार पायो।
३.
मिठै खाउँला,राम्रै लाउँला रहर पालेर
सँगै जाउँला,प्रिती छाउँला रहर पालेर
भन्दै बसेको आज बर्सौंबर्ष भईसकेछ
गीत गाउँला,जोई पाउँला रहर पालेर।
४.
कहाँ फल्छ पैसा भनी मलाई नसोध
स्वार्थ बोकी लोभी बनी मलाई नसोध
परिश्रमको मूल्य नबुझ्ने मान्छे हौ र तिमी
आफै पर्ने खाल्डो खनि मलाई नसोध।
५.
जीवन हो उपहार सदुपयोग गर
राम्रो काम गर्न सदा जोड गर
हैन भने बेकार हुन्छ जन्म लिनुको
सबैसँग नम्र भइ मिठो सोर गर।

