
जनकपुरधाम । धनुषाको सबैला नगरपालिका– ५ मखनाहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
सबैलाबाट धनुषाधामतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९०३१ नम्बरको बसले गएराति ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–७ निवासी २० वर्षीय धिरज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार, दुर्घटनामा गम्भीर घाइते धिरजलाई उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।


