
काठमाडौँ। आयोजक टोली जापानलाई सोझो सेटमा पराजित गर्दै चीनले एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ ।
मंगलबार भएको फाइनलमा चीनले २५–१९, २५–२०, २५–२३ ले आफ्नो पक्षमा पार्यो ।
चीनले एसियाली खेलकुदको महिला भलिबलमा १०औँ स्वर्ण पदक जितेको हो ।
सेमिफाइनलमा चीनले थाइल्यान्ड तथा जापानले दक्षिण कोरियालाई हराएका थिए ।
यस्तै, दक्षिण कोरियालाई हराउँदै थाइल्यान्डले कांस्य पदक जित्यो ।
एसियाली खेलकुदको महिला भलिबलमा १४ टोलीको सहभागिता थियो,नेपालले भने १२औँ स्थान प्राप्त गर्यो ।


