
काठमाडौं । जापानमा जारी २०औं एशियाली खेलकुदमा नेपालको खराब प्रदर्शन जारी रहेको छ । मंगलबार सम्पन्न खेलमा बक्सिङतर्फ नेपालका चन्द्र बहादुर थापा पहिलो खेलमै पराजित भएका छन्।
५५ केजी तौल समूहमा उनी पहिलो खेलमा भारतका मन्देङबम जादुमनी सिंहसँग ५–० ले पराजित भएका हुन् । चन्द्रले दुबईमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेका थिए । सोही आधारमा उनीबाट नेपालले पदकको आश गरेको थियो । आज नै बक्सिङतर्फ रमिशा श्रेष्ठ भियतनामकी एनगुएन थि टामसँग ५-० ले पराजित भएकी थिइन् ।
त्यस्तै नेपाल कराते कातामा नेपाल पदकविहीन भएका छ ।कराते कातामा सानुमाया थिङ, एलिशा रासकोटी मगर र मेघा लिम्बुले टिम कातामा नेपालको प्रतिनिधित्व गरेका थिए ।






