Dry snow avalanche with a powder cloud close to the village Terskol, Elbrus region
काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपालीको शव भोलि काठमाडौं ल्याइने भएको छ ।
गत साउन १४ गते गएको भयावह हिमपहिरोमा परी ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत भोलि दिउँसो ४: ४५ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने साउन २१ गते नै नेपाल ल्याइसकिएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी दुर्घटनामा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको शव भने उनको पारिवारिक बसोबास रहेको बेलायत लागिएको छ ।
दुर्घटनास्थलबाट अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।








