
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको छ ।
व्यवस्थापन संकाय, डिनको कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार एमबिएस, एमपिए, एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र एमएटिएस कार्यक्रमअन्तर्गत भदौ ११ गतेका लागि निर्धारित परीक्षा स्थगित गरिएको हो ।
बाढीका कारण उत्पन्न असहज तथा प्रतिकूल परिस्थितिलाई ध्यानमा राखी सम्बन्धित परीक्षा स्थगित गरिएको व्यवस्थापन संकायले जनाएको छ ।

