
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले विपद् व्यवस्थापनबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठक आज बस्दै छ ।
पार्टी सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
भोटोकोसी नदीमा बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनका जिल्लामा जनधन तथा मानवीय क्षति भएको छ । उक्त विषयमा सबै पक्षसँग छलफल गर्दै विपद् तयारीमा एकजुट हुनका लागि बैठक बोलाइएको हो ।
