
काठमाडौँ । रसुवामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।
प्रहरीका अनुसार गएरातिसम्म ७ वटा जिल्लामा गरेर १५७ जनाको शव फेला परेको हो । रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
बाढीपछि उद्धारमा खटिएका सुरक्षाकर्मीका सहकर्मी पनि सम्पर्कमा छैनन्। नेपाली सेनाका क्याप्टेनसहित ४४ जना, सशस्त्र प्रहरीका इन्सपेक्टरसहित १३ जना र नेपाल प्रहरीका २८ जना बेपत्ता छन् ।
सशस्त्र प्रहरीको बीओपी टिम्मुरेका इन्सपेक्टरसहित ९ जना, मैलुङ सुरक्षा बेसका ४ जना सशस्त्र प्रहरी पनि सम्पर्कमा छैनन्। केहीको घाइते अवस्थामा उद्धार गरिएको छ।
कति अझै उद्धारको पर्खाइमा छन्। हेलिकप्टरमा पुगे पनि सबैको उद्धार हुने अवस्था छैन।
