
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो २ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरू तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवा, धादिङ र नुवाकोटका जिल्ला सभापतिहरूलाई आमन्त्रण गरिएको उनले बताए ।

