
लघुकथा
सिरुपाते खुकुरी
तारा के.सी.
दाजु-भाइबीच राम्राे सम्बन्ध छैन भन्ने कुरा छिमेकीलाई राम्राेसँग थहाँ थियाे। उसले याे माैकाकाे फाईदा उठाउँने साेच बनायाे।
दाजु बाठा थिए,भाइ साेझा।यहि कम्जाेरीलाई छिमेकीले प्रयाेग गर्याे। उनीहरूबिच धेरै पहिलेदेखि साँधमा किचलाे थियाे। यसैलाई बिषय बनाएर छिमेकीले भाइलाई उचाल्याे। भाइपनि दाजुसँग टाँढिदै गयाे। उनीहरूबिचकाे विवाद मिलाईदिने बहानामा भाइकाे पक्षलिए झै गरि छिमेकीले पर्खाल लगाईदियाे।
त्यसपछि छिमेकीले अर्काे याेजना अघि सार्याे र भन्याे, ” मैले तिमीलाई अप्ठ्यारो पर्दा सहयाेग गरे। बर्षाै नमिलेकाे काम मिलाईदिए। मेराे साँधसँग जाेडिएकाे जग्गा अब मेराे नाममा गरिदेऊ।”
उसले छिमेकीले भने झै गरिदियाे। जग्गा हातपरेपछि छिमेकीकाे आँखा उसकाे घरमा भएकाे सिरूपाते खुकुरीमा पर्याे।
छिमेकीले उसलाई त्याे खुकुरी बेच्न उक्सायाे।
बल्ल भाइले छिमेकीकाे स्वार्थ बुझ्याे र भन्याे; ” याे पुर्खाकाे नासाे हाे ।एकपटक दाईलाई साेध्नुपर्छ।”
छिमेकी कड्कियाे; ” दाइसँग हिमचिम बढाएकाे मलाई मन पर्दैन।”
छिमेकीकाे कुरा सुनेर भाइले खुकुरी छातीमा टाँस्याे र मुठी कस्याे।
