
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको सीमास्थित सुनकोशी नदीमा फेला परेको छ ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ बलखु स्थित सुनकोशी नदीको किनारमा तैरिएको अवस्थामा शरिरको माथिको भागमा कपडा नभएको तलको भागमा कपडा भएको सडेगलेको नाम वतन नखुलेको महिलाको शव देखा परेको भनि स्थानियले जानकारी गराएपश्चात ११ जनाको प्रहरी टोलिले उक्त शवलाई नदीबाट बाहिर निकालेको थियो ।
तिलकुमारीसँगै बेपत्ता उनका श्रीमान् केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको छ । प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ।



