
काठमाडौँ। कविडाँडा साहित्य समाज, चितवनले काविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८२’का लागि आठ कृतिको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।
संक्षिप्त सूचीमा अज्ञात (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), तोरकीन (क्षितिज समर्पण), महायुग (सीमा आभास), राजमाता (नीलम कार्की निहारिका), सत्यम् (लक्ष्मण वियोगी), सलह (श्रवण मुकारुङ) र सूतपुत्र (शंकरप्रसाद गैरे) कृतिहरू छनोटमा परेको समाजका अध्यक्ष एल.बी. क्षेत्रीले जानकारी दिएका छन् ।

समाजले उत्कृष्ट तीन कृतिको सूची सार्वजनिक गरेपछि मात्र अन्तिम चरणमा पुरस्कृत हुने कृतिको घोषणा गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।




