sf7df8f}F, @% k';M
k|ltlglw;ef a}7sdf– ;f+;b s];L
/fli6«o hgdf]rf{sf g]tf Pj+ k|ltlglw;efsf ;b:o lrqaxfb'/ s];L ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug{'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताविरुद्ध देखा परेको असन्तोषलाई प्रतिगामी दिशामा मोड्न राजावादी राजनीतिक सङ्गठनहरूले प्रयत्न गरिरहेको बताएका छन् ।
‘उनीहरु पुरानो प्रकारको सामन्ती, केन्द्रिकृत र नोकरशाही प्रकारको एकात्मक प्रणालीको पुनस्र्थापना गर्नु नै हो’, केसीले भनेका छन्, ‘तर आजको आवश्यकता पुरानो प्रकारको प्रतिक्रियावादी एकात्मक प्रणाली होइन, प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणाली कायम गर्नु हो ।’
राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्ला समितिको आयोजनमा बुधबार भएको कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष केसीको यस्तो धारणा आएको हो ।
केसीले राजावादी संघ संगठनले सङ्घीयता वा त्यसको प्रादेशिक संरचनाको खारेजीको माग गर्नुमा राजाको प्रतिक्रियावादी र निरङ्कुश शासनको पुनस्र्थापना गर्नु रहेको बताएका छन् ।







