
काठमाडौँ।]प्रहरीले काठमाडौं महानगरपालिका-१५ मुस्ताङ गुम्बाअगाडि प्रतिक्षालयमा अन्दाजी ५० वर्षीय पुरुषलाई मृत फेला परेका जानकारी दिएको छ ।
हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै, दाङमा पनि एकजना पुरुष मृत फेला परेका प्रहरीले जानकारी दिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१९ संग्राम बस्ने ५८ वर्षीय राज बहादुर दसौँती सोही उपमहानगरपालिका-१९ स्थित दुम्सीखोलामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

