
काठमाडौँ । परराष्ट्र मन्त्रालयले चालु आर्थिक वर्षको वार्षिक मन्त्रीस्तरीय विकास कार्यसमिति बैठक सम्पन्न गरेको छ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री शिशिर खनालले गरेका थिए ।
बैठकमा गत आर्थिक वर्षमा मन्त्रालयले हासिल गरेको प्रगति, कार्यसम्पादन तथा विकास कार्यक्रमहरूको समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टासहित विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले मन्त्रालयको कार्यसम्पादनबारे रचनात्मक सुझाव तथा टिप्पणी प्रस्तुत गरेका थिए ।
मन्त्रालयका अनुसार बैठकमा प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रम कार्यान्वयनमा समेट्दै सेवा प्रवाह र कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।


