
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०लाई भेट्न बालुवाटार पुगेका छन् ।
आइतबार साँझ रवि बालुवाटार गएका हुन् ।
प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४५ मिनेट भेटघाट भएको रविनिकट स्रोतले पुष्टि गरेको छ ।
उनीहरूबीच समसामयिक विषयमा छलफल भएको थियो ।
रवि निकट स्रोतका अनुसार उहाँहरूबीच समसामयिक विषयवस्तु, सरकारका आगामी कदमहरू अध्यक्षको चीन भम्रण लगायतका विषयमा छलफल भएको हो ।


