
सिन्धुली । सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ ।
फिक्कल गाउँपालिका–२ नवलपुरबाट सुनकोशी नदीमा कार खसेको सूचना आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले बताए ।
प्रहरीलाई आएको सूचनाअनुसार बसको ठक्करबाट कार नदीमा खसेको बताइएको छ।कार खसेको सूचना आएपछि अहिले प्रहरी र सशस्त्रको टोली घटनास्थलतर्फ गएको एसपी सिंहले बताए ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

