
काठमाडौँ। दीपमाला ढकालले मिस नेपाल-२०२६ को उपाधि जितेकी छन्।
ललितपुरको द प्लाजा पुल्चोकमा सम्पन्न ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भएकी हुन्।
त्यस्तै, आर्या निशान्त मिस नेपाल इन्टरनेशनल र कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भए।
द हिडन ट्रेजरले मिस नेपालको आयोजना गरेको हो ।
ढकाल मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ पनि हुन् । विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक मा उनी इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन् ।


