
गीत
सुमन थापा सङ्गम
नभेटिने माया खोजी, नदुख्नु है आफैसङ्ग
इन्द्रेणीको रंग सँधै, रहँदैन क्षितिजसङ्ग
लगिदिन्छ पवनले , लगिदिन्छ उषाले नि
उषाबिहिन रंगसङ्ग , घोलिदिन्छ बिषले नि
बिष पीइ मायाको, नदुख्नु है आफैसङ्ग
इन्द्रेणीको रंग सँधै , रहँदैन क्षितिजसङ्ग
चुलेसीले मात्रै कहाँ, मुटु छिया पार्दो रैछ
जोडीएको माया छुटे, दियो फेरि निभ्दो रैछ
ननिभोस् है दियो भनि, टाढा बनें तिमीसंग
इन्द्रेणीको रंग सँधै,रहँदैन क्षितिजसङ्ग

