
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त भट्टलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) अनुसार आज भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । केन्द्रमा भएको एमालेसँगको सहमति अनुसार नेकपाले सुदूरपश्चिम र कर्णालीको मुख्यमन्त्री पाएको छ ।
सहमति अनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउने बताइएको छ । एमालेबाट सन्तोष कुमारी शर्मा थापा, चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी र जानकी ऐर बम भट्ट नेतृत्वको सरकारमा मन्त्री हुने भएका छन् ।







