
काठमाडौं । नेपाली कांग्रेसका नेता कुन्दन काफ्लेले संस्थापनइतर पक्षको राष्ट्रिय भेलाले पार्टीलाई निश्चित दिशा दिने बताएका छन् ।
काठमाडौंमा शुक्रबारदेखि सुरु राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई सही दिशामा अघि बढाउन भेलाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
कांग्रेसलाई अप्ठेरो पर्दा खुच्चिङ भन्ने प्रवृत्ति पार्टीभित्र विकास भएको टिप्पणी गरे । त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
अरूलाई कमजोर देखाएर आफूलाई बलियो ठान्ने प्रवृत्ति पार्टीभित्र विकास भएको उनको भनाइ छ । “१५ औँ महाधिवेशनमा त्यो भाइरसलाई ठेगान लगाउनुपर्ने आवश्यकता छ,” उनले भने ।



