
काठमाडौँ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्।
शुक्रबार बिहान सिंहदरबार पुगेर नेता पुनले प्रधानमन्त्री बालेनसँग भेटवार्ता गरेका हुन्।
भेटमा रोल्पाका बाढी पीडितहरूलाई राहत र उद्धारको विषयमा पुनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ।
रोल्पाको सुनछहरी गाउँपालिका-२ फलवाङमा पहिरोले घरहरू पुरिँदा मानिसहरू बेपत्ता भएका छन्।यसै विषयमा सरकारलाई ध्यानाकर्षण गराउने नेता पुनले प्रधानमन्त्री बालेनलाई भेटेका हुन्।

