
काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्यालाई कारण देखाउँदै शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन्। यो जानकारी राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको हो।
७६ वर्षीय शाहाबुद्दिनले अप्रिल २०२३ देखि सेरेमोनियल राष्ट्रपतिको पद सम्हाल्दै आएका थिए। उनको कार्यकालमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएपछि उत्पन्न राजनीतिक अस्थिरता पनि परेको थियो।
राष्ट्रपतिका प्रेस सचिवद्वारा जारी विज्ञप्तिमा शाहावुद्दिनले भनेका छन्, ‘हालै गरिएको स्वास्थ्य परीक्षणबाट मलाई अटोनोमिक न्युरोप्याथी नामक रोग लागेको पुष्टि भएको छ। यसका कारण कहिलेकाहीँ म केही क्षणका लागि चेतनाहीन हुने गर्छु।’
नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म सभामुखले राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्।



