
चितवन। नारायणगढ–मुग्लिन र मुग्लिन–काठमाडौं सडकखण्डमा कतै पनि पहिरोले अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।
चितवनको मुग्लिन–नारायणगढ र मुग्लिन–काठमाडौं सडकखण्डमा गएरातिदेखि रोकिएका सवारी साधनहरु आज बिहानैबाट सञ्चालन हुन थालेका छन् ।
बिहान ६ बजेदेखि सवारी साधनहरु चल्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले जानकारी दिएका छन् ।

