
काठमाडौं । जारी फिफा विश्वकप फुटबल इतिहासको एक हजारौँ खेलमा ट्युनिसिया र जापानबीच समूह चरणको दोस्रो खेलमा जापान ४-० को फराकिलो अन्तरले विजयी भएको छ ।
जापानका लागि आएसी वेदाले दुई र जुन्यो इतो र दाइची कामदाले समान १ गोल गरे । जितसँगै जापानले तालिकामा चार अंक जोडेको छ ।
यसअघि समूह चरणको खेलमा जापान नेदरल्याण्ड्ससँग २- २ को बराबरीमा रोकिएको थियो । ट्युनिसा स्वीडेनसँग ५-१ ले पराजित भएको थियो । दुवै खेलमा पराजित भएसँगै ट्युनिसिया एक खेल अगावै विश्वकपबाट बाहिरिएको छ


