
काठमाडौं (जेठ १४) – १२ औं नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपमा नेपाल ’ए’ टिम स्पर्धाम स्वर्ण पदक जित्न सफल भएको छ । साबिक विजेता सदभाव आचार्य र राहुल विश्वकर्माको जोडीले १३–अन्डर २ सय ७५ को उत्कृष्ट स्कोरमा भारतको तरूण सरदेशाई एकेडेमीलाई १९ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उपाधि रक्षा गरेका हो ।
भारतको तरूण सरदेशाई एकेडेमी दोस्रो भयो। प्रीन्स बैंन्सला र भीभान उभायाकारको जोडीले ६–ओभर २ सय ९४ को स्कोर बनाए। श्रीलंका तेस्रो भयो। के दानुसा र चनाका परेराको जोडीले ८–ओभर २ सय ९६ स्कोर गरे। त्यस्तै भुटान चौथो,बङ्गलादेश पाँचौं र नेपाल ’बी’ छैटौं भए।
पुरूष व्यक्तितर्फ नेपालका सदभाव आचार्य बोगी फ्री ६–अन्डर ६६ को कार्ड बनाउँदै समग्रमा ९–अन्डर १ सय ३५ को स्कोरमा शीर्षस्थानमा रहन सफल भए। उनले राहुल विश्वकर्मालाई ५ स्ट्रोकले पछि पारेका छन्।






