काठमाडौं । त्रिभुवन विमानस्थल काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरको जहाजमा आगो देखिएको छ ।
आगो लागेको देखिएपछि तत्कालै दमकल प्रयोग गरेर निभाइएको छ । बिहान स्तानबुलबाट आएको जहाज ल्यान्ड गर्ने क्रममा आगो देखिएको थियो । सबै यात्रुहरु सकुसल रहेका छन् ।
टर्किए एयरका एक अधिकारीले दिएको जानकारीअनुसार ल्यान्ड गरिसकेपछि रनवेबाट टर्न गर्ने बेलामा आगो देखिएको थियो ।

