
काठमाडौं — अमेरिकन स्विमिङ कोचेस एसोसिएसन (ASCA) द्वारा प्रमाणित ब्क्ऋब् ऋयबअजभक ऋष्लिष्अ काठमाडौंमा सम्पन्न भएको छ । नेपाल स्विमिङ एसोसिएसनको स्वीकृतिमा आयोजित यस क्लिनिकले नेपालमा स्विमिङ प्रशिक्षकहरूको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताइएको छ ।
क्लिनिकको समापन समारोहमा नेपाल स्विमिङ एसोसिएसनका अध्यक्ष जगतमान श्रेष्ठ, सचिव गंगालाल गोले तथा कोषाध्यक्ष दिलिप वैद्यको उपस्थिति रहेको थियो । साथै, डीज बुटिक होटलका संस्थापक तथा अध्यक्ष दीपक गुरुङ र लिटिल डल्फिन्स स्विम स्कूलका संस्थापक तथा अध्यक्ष युवराज सुनुवारले कार्यक्रमलाई विशेष महत्व प्रदान गर्नुभयो ।
ओलम्पियन सिरिश गुरुङले ब्क्ऋब् लेभल ४ र ५ को तालिम लिनुभयो । त्यस्तै, ओलम्पियन नयना शाक्यले पनि लेभल ४ र ५ को तालिम पूरा गर्नुभयो ।
कार्यक्रमका आयोजक लिटिल डल्फिन्स स्विम स्कूलले गत वर्षदेखि ब्क्ऋब् ऋयबअजभक ऋष्लिष्अ को आयोजना गर्दै आएको छ । हालसम्म करिब ३५ भन्दा बढी नेपाली स्विमिङ प्रशिक्षकहरू ब्क्ऋब् प्रमाणित भइसकेका छन् । लिटिल डल्फिन्स स्विम स्कूल नेपाल लाइफ सेभिङ एसोसिएसनद्वारा मान्यता प्राप्त लाइफगार्ड तालिम केन्द्र समेत हो, जसले देशको जलक्रीडा क्षेत्रको विकासमा यसको भूमिकालाई थप सुदृढ बनाएको छ ।
ब्क्ऋब् प्रमाणपत्रले प्रशिक्षकहरूलाई अन्तर्राष्ट्रिय स्तरमा मान्य, वैज्ञानिक र संरचित प्रशिक्षण पद्धति प्रदान गर्दछ । यसले कोचिङमा व्यावसायिकता, सुरक्षा, खेलाडी विकास र दीर्घकालीन प्रदर्शन योजनालाई मजबुत बनाउँदै नेपालको स्विमिङ क्षेत्रलाई विश्वस्तरीय मापदण्डतर्फ अगाडि बढाउन सहयोग पु¥याउने आयोजकको विश्वास छ ।







