काठमाडौं ।केपी शर्मा ओलीले बंगलादेशको निर्वाचन परिणाम नेपालमा पनि दोहोरिने दाबी गरेका छन्।
काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा–५ जाने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बंगलादेशका विजेतालाई बधाई दिँदै नेपालको नतिजा पनि त्यस्तै हुने बताए।
सामाजिक सञ्जालमा लोकप्रिय व्यक्तिहरू पराजित भएको र आन्दोलनबाट उदाएको दल कम सिटमा सीमित भएको प्रसंगमा प्रतिक्रिया दिँदै उनले यस्तो टिप्पणी गरेका हुन्। ओलीले अझै पनि चुनावका लागि पूर्ण रूपमा ढुक्कको वातावरण नबनेको उल्लेख गर्दै पार्टी तयारीमा जुटिरहेको बताए।
