
विरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले पर्साका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेका हुन् ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५स्बजेदेखि शुक्रबार बिहान ६.०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको उनले जानकारी दिएका छन् ।
पूर्वमा प्रतिमा चौक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

उक्त क्षेत्रमा पाँचजनाभन्दा बढी मानिसहरू भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने निषेधाज्ञा आदेशमा उल्लेख छ ।

