
अनित्यताको भावना (ध्यान) गर्नु साधनाको हरेक चरणमा अत्यन्तै फलदायी हुन्छ। कोही भर्खरै धर्मको मार्गमा प्रवेश गर्दैछ भने यसले मनलाई चाँडै धर्मतर्फ मोडिदिने हुनाले यो उपयोगी छ। तर यो तिनीहरूका लागि पनि उत्तिकै उपयोगी छ, जो पहिलेदेखि नै अभ्यास गर्दै छन् तर आलस्यको वशमा परेका छन्। अनित्यताको भावनाले उनीहरूलाई पनि साधनामा पुनः दृढताका साथ लाग्न प्रेरित गर्छ।
— बुद्घधर्मका चार सामान्य पूर्वागत अभ्यास, पृष्ठ ३९ बाट







