काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा प्रस्थान गरेका छन्। उम्मेदवारी दर्ताका लागि उनी झापा जान लागेका हुन्।
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत् मंगलबार उम्मेदवारी दर्ताको कार्यतालिका छ।
अध्यक्ष ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गर्दैछन्।
प्रेस चौतारीका उपाध्यक्ष चेतन अधिकारीका अनुसार अध्यक्ष ओलीले आजै निर्वाचन क्षेत्रमा पत्रकार सम्मेलन गर्ने कार्यतालिका पनि तय भएको छ।


