
काठमाडौं।साहित्यकार रामचन्द्र भट्टराईको निधन भएको छ ।
ह्रदयघातको कारण ८४ वर्षको उमेरमा भट्टराईको निधन भएको हो ।
प्रगतिवादी साहित्यकारको रुपमा चीरपरिचित भट्टराईका बोई,हलो,ह्रदयका फूलहरु,आगोका फूलहरु,सेतो हात्ती,सुखानीको रगत,ज्वाला,जीवनको डालीमा जस्ता थुप्रै कृति प्रकाशित छन् ।
उनी पहिले सुस्केरा पत्रिकाका सम्पादक पनि थिए ।
