
काठमाडौं।नियात्राविद् जय छाङ्छाकाे अनुसन्धानात्मक कृति `प्राचीन नियात्रा विश्लेषणात्मक अध्ययन´ लाेकार्पण भएको छ।
भुँडीपुराण प्रकाशनका कार्यकारी निर्देशक केशव पराजुली, राजेन्द्र पराजुली, नियात्राविद् जय छाङ्छा, `अथक´ मासिकका प्रकाशक/ प्रधान सम्पादक खम्बु चन्द, नियात्राकार ज्ञानेन्द्र विवश, कर्ण दयाल साेराडी, भीमसिंह धामी, श्रीराम राई लगायतले कृतिकाे लाेकार्पण गरेका हुन्।
कृतिमा प्राचीन नेपाली एवम् पाश्चात्य नियात्राकाे प्रवृत्ति, प्रारम्भिक नारीकाे नियात्रामा याेगदान, के यात्रा साहित्यकाे अवसान भएकै हाे त? नियात्रा सिर्जनामा अस्पष्ठताकाे अवस्था, नियात्रा बिम्बविधान र नियात्राका साैन्दर्यहरू विषय समेटिएका छन्।
यसअघि नियाविद् छाङ्छाका २०७७ सालमा रत्नपुस्तक भण्डारबाट `नियात्रा विधा परिचय, अनुसन्धानात्मक कृति´ प्रकाशित छन् । उनका ८ नियात्रा कृति- कङ्गारुकाे देशदेखि आइफेल टावरसम्म (२०५२), चाँप फुल्ने पहाडमुन्तिर (२०५४), बादल रुँदाकाे जुरिच (२०५९), बिब्ल्याँटाे आकाशकाे धरातलतिर (२०६४), दाेहाकाे सीधा उडान (२०७३), पैदलै काठमाडौंका चुलीहरू (२०७५) र साङ्ग्रिलाका पुछारितिर ( २०८०) र क्याम्फाेर रेन इन दार्जिलिङ (२०२०) प्रकाशित छन् ।

