
काठमाडौं।नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
२१ फागुनका लागि तय भएको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको महाधिवेशनबारे जारी विवादमा सहमति खोज्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।
बैठक ललितपुरको धोबीघाटमा आज दिउँसो १ बजे बस्ने कांग्रेसले जनाएको छ ।



